काठमाडौँ – अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकुल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरेका छन् ।


ADVERTISEMENT


राजधानीमा आजदेखि सुरु भएको लगानी सम्मेलन २०१९ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै मुलुकमा संघीयताको सफल कार्यान्वयन भइसकेकाले लगानीको लागि नेपालमा उपयुक्त वातावरण बनेको बताए ।


ADVERTISEMENT

# # #


लगानी सम्मेलनका संयोजकसमेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको अन्त्य भएको तथा लगानीका दृष्टिले प्रसस्त संभावना बोकेको मुलुक भएकाले निर्धक्कको साथ लगानी गर्न आग्रह गरे । सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्न स्वदेशी पूँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आव्हान गरिएको बताए ।

उनले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, संभावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी नीजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पुर्वाधार निर्माण, औद्योगिकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरि आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता रहेको बताए ।

दोहोरो अंकको आर्थिक वृद्धि हासिलसँगै दीगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको र सोही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउँदै लगिएको उनले बताए ।