काठमाडौँ – एनआइसी एशिया बैँकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बैँकको वित्तीय सहयोगमा पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरणमैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ ।


ADVERTISEMENT


बैँकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाललाई शौचालय हस्तान्तरण गरेका हुन् । वातावरणमैत्री घुम्ती शौचालयको सही प्रयोजन र संवर्द्धनबाट पशुपति क्षेत्रमा दर्शनार्थीको भ्रमण सहज हुने सीइओ न्यौपानेले बताए ।


ADVERTISEMENT

# # #


यस्तै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव ढकालले हस्तान्तरण गरिएका शौचालय वातावरणमैत्री भएकाले पशुपतिको वातावरणमा मेल खाने बताए । उनले शौचालय प्रदान गरेकोमा बैँकलाई धन्यवाद समेत दिए ।

बैँकले देशभर २८१ शाखा कार्यालय, २८९ एटीएम, ३९ एक्सटेन्सन काउन्टर र २३ शाखारहित बैँकिङ इकाईमार्फत बैँकिङ सेवा प्रदान गरिरहेको छ ।