काठमाडौ – नेपाली व्यवसायी सुरज बैद्यले नेपालमा लगानी गरेर पर्याप्त नाफा कमाउन सकिने बताएका छन् ।


ADVERTISEMENT


राजधानीमा आजदेखि सुरु भएको लगानी सम्मेलनमा सहभी ६ सयभन्दा बढी विदेशी लगानीकर्ताहरुलाई व्यवसायी वैद्यले नेपालमा लगानी गर्दा औषतमा १५–२० प्रतिशतको नाफा सुनिश्चित रहेको बताए ।‘नेपालमा कतिसम्म नाफा कमाउन सकिन्छ भनेर युनिलिभर, एनसेल र डाबर नेपाललाई हेर्नुहोस्,’ सम्मेलनलाई सम्बोधन गर्दै व्यवसायी बैद्यले भने ।


ADVERTISEMENT

# # #


उनले नेपालमा लगानी गर्ने क्षेत्रमा कर्षि क्षेत्र सबैभन्दा पहिलो हुने बताए । उनले नेपाल कृषि प्रधान देश भएपनि कृषिजन्य सामानाहरु आयात हुने गरेकोले यो क्षेत्रमा लगानी गरेका निकै राम्रो प्रतिफल लिन सकिने बताए । विविधताले भरिपूर्ण नेपालमा विभिन्न किसिमका कर्षिजन्य वस्तुहरु उत्पादन गर्न सकिने उनको भनाइ थियो ।

यस्तै उनले फर्टिलाइजर प्लान्टमा पनि लगानी गर्न सकिने उल्लेख गरे । व्यवसायी वैद्यले नेपालको उत्पादनमा विविध कारणले निकै कमि हुने गरको त्यसका लागि केमिकल प्लान्टमा लगानी गरेमा निकै फाइदाजनक हुनेमा ढुक्क हुन लगानीकर्तालाई आग्रह गरे ।

त्यस्तै उनले नेपालमा पर्यटन क्षेत्रमा पनि निकै सम्भावना रहेकाले त्यसमा लगानी गर्न आग्रह गरे । उनले लुम्बिनी, जानकी मन्दिर लगायत पर्यटनको निकै सम्भावना बोकेका क्षेत्रबारे पनि उनले प्रष्ट पारेका हुन । नेपाल भुकम्पले थलिए पनि पर्यटन आगमनमा वृद्धि भएको तथ्याङक समेत प्रस्तुत गरे ।

‘नेपाल पर्यटनका लागि निकै उर्वर भूमि रहेको र त्यसमा लगानी गरेर निकै फाइदा लिन सकिन्छ,’ उनले भने ।

उनले चौथो नम्बरमा नेपाल योगाका लागि निकै सम्भावना भएको देश रहेको बताए । लगानीको सम्भावना बोकेका अन्य क्षेत्रहरुमा मुभि सेन्टर, हाइड्रो, औद्योगिक पुर्वाधार, उत्पादन, स्वास्थ्य र शिक्षा रहेको उनको सुझाब छ ।

नेपाल पर्यटन वर्ष २०२० मा नेपाल भ्रमणमा आउन र त्यो अभियानलाई सफल बनाउन समेत उनले विदेशी लगानीकर्तालारुई आग्रह गरे ।

लगानी सम्मेलनलाई सरकारले एउटा पर्वको रुपमा मात्र नभई रोजगारी सिर्जना लगायत धेरै दृष्टिकोणबाट हेरेको भन्दै बैद्यले सरकारको प्रशंसा समेत गरेका छन् ।