काठमाडौँ – विगत २७ बर्षदेखि महिन्द्रा एण्ड महिन्द्राका कमर्सियल गाडिहरुको विक्री तथा रिपियरिङ सेवा प्रदान गर्दै आएको दुगड व्रदर्स एण्ड सन्स प्रा. लि.ले बारामा नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ


ADVERTISEMENT


नेपाल भर ३४ सर्भिस सेन्टरमा २०० भन्दा बढी टेक्निसियनहरु मार्फत हामीले विक्री पछिको सेवा प्रदान गर्दै आएको कम्पनीले बाराको जितपुर , सिमरा ,उपमहानगरपालिकामा वर्कशप सञ्चालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


उक्त वर्कशपको सोमबार एक कार्यक्रमका बीच महिन्द्रा एण्ड महिन्द्राका ‘कस्टमर केयर हेड’ के रवी, दुगड ब्रदर्स एण्ड सन्स प्रालिका उपाध्यक्ष ‘विवेक दुगड’ महिन्द्रा एण्ड महिन्द्राका नेपाल र भुटान प्रमुख चैतन्य कागल्कर लयागको उपस्थितमा उद्घाटन गरिएको हो ।

२० सर्भिस वे भएको यो वर्कसप १६००० वर्ग फिटको रहेको छ । यस वर्कशपमा ९००० वर्ग फिटको पार्ट्स काउन्टर र २७००० वर्ग फिटको पार्ट्स गोदाम पनि उपलब्ध छ ।

वर्कसपको गाडी रिपेयारका लागि अत्याधुनिक सुविधाको साथै कस्टमर लन्जको पनि प्रबन्ध रहेको कम्पनीले बताएको छ ।