काठमाडौँ – बारा–पर्सामा गएरातिको भीषण हावाहुरीमा परी ज्यान गुमाउने २७ जनाको सनाखत भएको छ । सोमबार गृहमन्त्रालयले ज्यान गुमाएकाको सूचि सार्वजनिक गरेको छ । जसमा १२ जना पुरुष, १० जना महिला र ५ जना बालबासलका रहेका छन् ।


ADVERTISEMENT


गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबार १२ बजेसम्ममा बारा र पर्साका विभिन्न स्थानमा हुरी र बतासमा परी ज्यान जानेहरुको संख्या २७ जना पुगेको पुष्टि भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


गृह मन्त्रालयका पत्रकार सम्मेलन गरी उनले हुरी बतासमा परी बाराका २६ जना र पर्सामा १ जना गरी हालसम्म २७ जनाको ज्यान गएको जानकारी दिएका हुन् ।

मृतककाे नामावली

१.हरिनारायण दास(५५ वर्ष) २. मनोरमा देवी(४५) ३.रुनि देवी(२४) ४.नन्द पटेल ५.रुबी खातुन (१२) ६. गढीमा देवी(५०) ७. बबिमा खातुन(२५) ८. मुस्तकिमा खातुन(५०) ९. मिना खातुन(२५) १०. नोक्सा मियाँ (११) ११. अलिसा खातुन(३) १२. सकिया खातुन(४०) १३. सम्सिधा खातुन(१२) १४. सबनम खातुन(१८) ख. प्रसौनी गाँउपालिका-बारा १. अच्छलाल माझी (५५) ग. सुवर्णपुर गाउँपालिका -बारा १. तरिफा खातुन (३०) २. श्रीप्रसाद यादव(६५) घ. प्रसौनी गाँउपालिकाका -बारा १. अच्छलाल माझी(५५) ङ. महागढीमाइ नगरपालिका -बारा १. कोइरी देवी(७५), च. भारत १. कालुपक्कर राजेश मुखिया(२२)- मोतिहारी, २. बोक्ता अवधेश पासवान(२३)- सितामढी ३. राधे लाढि (४१)- उत्तरप्रदेश बरैली लाजगञ्ज छ.पर्सा जिल्ला १. भवानीपुर राम माझी(४५) २. सुरज माझी(४)