काठमाडौँ – आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीका कारण भएको क्षती प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंस्था युवा संघ नेपालले दुःख व्यक्त गरेको छ ।


ADVERTISEMENT


अध्यक्ष रमेश पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल राहतमा जुट्न आफ्नो संगठनका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । उनले प्रकोपमा परी घाइते भएकाको उपचार गर्न र ज्यान गुमाएकाको परिवारलाई राहत दिन सरकारसंग माग गरेका छन् ।


ADVERTISEMENT

# # #


यस्तै उनले घाइतेको उपचारका लागि रगतका अभाव भएको भन्ने समाचार आएकाले रगतको व्यवस्थापनमा लाग्न आफ्ना नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आइतबारको हावाहुरीले ३० जनाको मृत्यु भइसकेको छ भने ४ सय जना घाइते भएका छन् ।