काठमाडौँ – विगत २ दशकदेखि नेपाली गीत संगीतको क्षेत्रमा अनवरत लागी परेका गायक तथा संगीतकार भुवन प्रकाश बडुले ‘ए माछी’ बोलको गीत बजारमा ल्याएका छन् ।


ADVERTISEMENT


गोपाल सुचिकारको शब्द तथा संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन स्वंम बडुको रहेको छ । बिग परिवेश स्टुडियोमा रेर्कड भएको गीतको मिक्सिङ तथा मास्टरिङ जिवन बडुले गरेका छन् । गीतको म्युजिक भिडियोको निर्देशन कैलाश प्रवीण र केशवराज भट्टको रहेको छ ।


ADVERTISEMENT

# # #


छाँयाकन रमेश मल्लले नेपालको पश्चिम क्षेत्र नेपालगञ्ज, बर्दिया र कर्णाली नदिको आसपासको क्षेत्रलाई निकै मनमोहक तरिकाले क्यामरामा कैद गरेका छन् । गीतको अभिनयमा गायक बडु स्वयम् रहेका छन् भने उनलाई निशा शाहीले साथ दिएकी छन् ।

भिडियो अमन बडुले सम्पादन गरेका हुन् ।

भिडियो :