काठमाडौं – सत्तारुढ नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले आइतबार साँझ आएको हावाहुरीमा परी ज्यान गुमाएका परिवारका सदस्यलाई रहतस्वरुप १० लाख दिन सरकारसमक्ष माग गरेको छ ।


ADVERTISEMENT


अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को सोमबार बसेको बैठकले घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT

# # #


यस्तै बैठकले अनेरास्ववियु संवद्ध विद्यार्थी डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा-पर्सा जिल्लामा परिचालित गर्ने निर्णय गरेको छ । राहत र उद्दारका लागि दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा परिचालित हुने भएको छ ।

‘यस विष्मयकारी घटनाको सन्दर्भमा आजै अनेरास्ववियु अध्यक्ष नविना लामा र अनेरास्ववियू (क्रान्तिकारी) का रञ्जित तामाङको नेतृत्वमा डाक्टरहरु सहितको स्वास्थ्य टोली लाने निर्णय गरियो । साथै दुवै अध्यक्षको नेतृत्वमा दुई नं. प्रदेश र आसपासका दुवै संगठनको सिङ्गो कार्यकर्ता पंक्ति राहत र उद्धारमा परिचालन गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)ले प्राकृतिक प्रकोप प्रभावित क्षेत्रमा अभिभावक गुमाएका र घरवारविहीन भएका बालबालिकाहरुको पठनपाठन प्रभावित हुन नदिन आवश्यक सबै कदम चाल्न पनि माग गरेका छन् ।