काठमाडौँ – बारा र पर्सा जिल्लामा आएको आँधीहुरीबाट प्रभावितहरु ३ नं प्रदेश सरकारले एक करोड सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए ।


ADVERTISEMENT

# # #


सोमबार मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको अवलोकनका लागि गएको थियो । अवलोकनपछि मुख्यमन्त्री पौडेलले प्रधावितलाई सहयोग गर्ने बताए थिए ।

यस्तै मंगलबार बिहान बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले सो प्रदेशका प्रदेश सांसदहरुले तीन दिन बराबरको तलब रकम हावाहुरी प्रभावितलाई सहयोग गर्ने निर्णय गरेको छ ।