काठमाडौँ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हावाहुरी प्रभावित बाराको फेटा गाउँपालिका पुगेका छन् ।


ADVERTISEMENT


सभापति देउवाले प्रभावित क्षेत्रका पीडितहरूसँग भेट गरेका छन् । भेटमा उनले नेपाली कांग्रेसको तर्फबाट २५ लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार लुम्बिनीबाट हेलिकप्टरमार्फत सभापति देउवा बारा पुगेका हुन् । उनी सोमबार लुम्बिनीमा आयोजना गरिएका एक कार्यक्रममा सहभागी हुन पुगेका थिए ।