काठमाडौँ – यहि महिना मलेसियामा हुने यू १९ विश्वकप छनोटका लागि नेपाली टिमको घोषणा भएको छ । रोहित पौडेलको कप्तानीमा मंगलबार १४ सदस्यीय नेपाली यू १९ टोलीको घोषणा गरिएको हो ।


ADVERTISEMENT


दुई साता भारतमा भएको अभ्यास खेलमा गरेको प्रदर्शनका आधारमा टोली छनोट गरिएको मुख्य प्रशिक्षक विनोद दासले बताए । नेपाली टिमले भारतको आन्ध्र प्रदेश यू १९ संग ६ खेल खेलेको थियो । जसमा ४ खेल जितेको थियो ।


ADVERTISEMENT

# # #


छनोट गरिएको १४ सदस्यीय टिममा कप्तान रोहित पौडेलसंगै आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल रहेका छन् । यस्तै अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सूर्य तामाङले पनि अन्तिम १४ मा स्थान बनाएका छन् ।

यस्तै वैकल्पिकमा रभी कुमार साह, आकाश चन्द, लोकेश बम र शेर मल्ल रहेका छन् ।