काठमाडौं– हिमालय एअरलाइन्सले युएई भर्न सुरु गरेको छ। हिमालय एअरलाइन्सको एच९ ५६७ विमानले काठमाडौंबाट अबुधाबीको लागि उडान भर्दै आफ्नो उडान सुरु भएको जनाएको छ । कम्पनीले अबुधाबीमा हप्ताको ३ दिन उडान भर्ने जनाएको छ।


ADVERTISEMENT


प्रिमियम इकोनोमी क्लासको ८ र इकोनोमी क्लासको १५० गरी कुल १५८ सिट क्षमता भएको विमानद्वारा प्रत्येक मंगलबार, बिहीबार र आइतबार एअरलाइन्सले उडान भर्नेछ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४८ यात्रु सहित उडेको एअरलाइन्सको एच९ ५६७ विमानले अबुधाबीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।


ADVERTISEMENT

# # #


आबुधाबीमा रहेका नेपालीहरू र त्यहाँबाट नेपाल आउने विदेशी पर्यटकहरूको सुविधालाई मध्यनजर गर्दै उडान सुरु गरिएको कम्पनीले जनाएको छ । हिमालय एयरलाइन्सले दुबई, साउदीको दम्माम, मलेसिया र कतारमा उडान भरिरहेको छ । हिमालय एयरलाइन्सले आबुधाबी उडानका लागि विभिन्न छुटका योजनाहरू समेत ल्याएको छ ।

हिमालय एयरलाइन्स नेपालको निजी क्षेत्रबाट संचालित अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने विमान कम्पनी हो ।