काठमाण्डौ । मूलुकको सबैभन्दा जेठो प्रसारण संस्था रेडियो नेपालले बुधबार ६९ औं बार्षिकउत्सव मनाएको छ ।


ADVERTISEMENT


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दुई मूर्धन्य श्रष्टाहरुलाई सम्मान समेत गरिएको छ । रेडियो नेपालका सञ्चालक समिती सदस्य दिपक पाठकको अध्यक्षतामा बनेको स्रष्टा सम्मान समितीले गरेको निर्णय अनुसार भजन शिरोमणी भक्तराज आचार्य र वरिष्ठ  संगीतकार जेवी टुहुरेलाई  जनही ५१ हजार राशी सहित ताम्रपत्र र सम्मानपत्रले सम्मान गरिएको हो ।


ADVERTISEMENT

# # #


सो अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले नेपाली कला, संस्कृति र मुलुकलाई जोड्ने  महत्वपूर्ण सेतु भएकोले रेडियो नेपाललाई सार्वजनिक प्रसारण संस्थाका रुपमा परिवर्तन गर्दै आवाजविहिनहरुको आवाज बनाउनका लागि अबको एक वर्षमा यस्को आमूल परिवर्तन ल्याईने बताएका छन् ।

सो अवसरमा रेडियोका पुराना कर्मचारीहरु लगायत साँगीतिक क्षेत्रका बिभिन्न व्यक्तित्वहरु समेत सम्मानित भएका छन् ।

प्रजातन्त्र रेडियोका रुपमा २००७ साल चैत २० गते जन्मिएको रेडियो नेपाललाईं संघीय लोकतान्त्रिक गणतन्त्रमा समेत जनताको रेडियोका रुपमा देशव्यापी पहुँच र सबैको आवाज बन्दै बजिरहनु पर्ने चुनौति छ ।