विराटनरगर – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले न्यायपालिकामा राजनीतिक हस्तक्षेप कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले देउवाले संवैधानिक निकायको नियुक्तिप्रति असन्तुष्टि जनाए । राजनीतिक नियुत्ती गर्दा सरकारले प्रतिपक्षीसंग छलफल नगरेको उनको भनाइ थियो । ‘न्याय परिषदले गर्ने निर्णय राजनीतिकभन्दा बाहिर हुनुपर्छ,’ उनले भने, ‘न्याय परिषदले न्यायाधीस सिफारिसमा राजनीतीकरण गर्न गर्नु हुँदैन ।’


ADVERTISEMENT

# # #


उनले सरकारले जनअपेक्षाभन्दा पनि मनोमानी ढंगले काम गरिरहेको बताए । यस्तै असन्तुष्ट जिल्ला सभापतिले भनेअनुसार कांग्रेसको विशेष महाधिवेशन बोलाउन नसकिने भन्दै सभापति देउवाले पार्टीको महाधिवेशन आइरहेकोले मात्रै आफ्नो विरोध भइरहेको बताए ।

महाधिवेशनको सुझाव विपरित पार्टीको केन्द्रीय समितिले विधान परिमार्जन गरेको भन्दै जिल्ला सभापति असन्तुष्ट छन् भने काठमाडौंमा ५१ जिल्लाका सभापतिको भेला भएको छ। गुटगत भेलामा सभापतिविरुद्ध मोर्चाबन्दी भएको जानकारी पाएपनि त्यसका लागि आफू तयारी भएको देउवाको भनाइ थियो।

‘पार्टीका असन्तुष्ट २०/२५ जनाले विशेष महाधिवेशन बोलाएर हुन्छ ? यदी सक्छन् भने बोलाएर दखाउन्,’ उनले भने, ‘विशेष महाधिवेशन पार्टीले बोलाउँदैन, तर उनीहरुले बोलाउन सके म फेस गर्न तयार छु ।’