काठमाडौँ – जनमत पार्टीका सभापति डा सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भ्रष्ट र असक्षम रहेको ठोकुवा गरेका छन् । पछिल्ला समयमात्रै मूलधारको राजनीतिमा आएका उनले सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री राउतको चर्को आलोचना गरेका हुन् ।


ADVERTISEMENT


भोजभतेरमै कराडौँ रुपैयाँ खर्च गर्नसक्ने मुख्यमन्त्रीले बारा र पर्साका हावाहुरी प्रभावितका लागि दालभात पनि खुवाउन नसकेको उनले बताए । राउतले आफूसंग काम गर्न सक्ने क्षमता नभएपछि विकासका लागि केन्द्र सरकार बाधा भएको भन्ने बाहना बन्द गर्न मुख्यमन्त्रीलाई  सुझाए ।


ADVERTISEMENT

# # #


‘केन्द्रलाई नै सबैकुरा भन्ने भए प्रदेश सरकार के का लागि ? मुख्यमन्त्रीले विदेशीलाई ३६ व्यञ्जन खुवाउन एकैदिन ७३ लाख खर्च गर्दा केन्द्र बाधा भएन। भोजभतेरमैं ४ करोड स्वाहा गर्दा केन्द्र बाधा भएन । जनतासँग छाला काढेसरी कर बढाएर उठाएको करौडौं रुपैयाँ पोखरी र मन्दिर सौन्दर्यीकरणको नाममा आफ्ना लठैत पाल्न खर्च गर्दा केन्द्र बाधा भएन । तर अहिले भोकभोकै घरबारविहीन भएर बिचल्ली परेका बाराका हुरी पीडित जनताहरुलाई १०-२० दिन सामूहिक रुपमा मेस संचालन गरेर दाल–भात खुवाउन मुख्यमन्त्रीलाई केन्द्र बाधा भयो ?’ उनले प्रश्न गरेका छन्, ‘बहानाको पनि हद हुन्छ। हरेक कुरामा केन्द्रलाई दोष दिएर आफ्नो असक्षमता र भ्रष्टाचार ढाक्न खोज्ने ? के प्रदेश सरकार स्वराजीहरुको हत्या गर्न, पक्राऊ गर्न र दमन गर्न मात्रै हो ?’