काठमाडौँ – बारा र पर्सामा हावाहुरीका कारण बिजुली अवरोध भएपछि सौर्यबत्ति वितरणका लागि प्रयास थालिएको छ ।


ADVERTISEMENT


प्रभावितलाई सौर्य टुकी बितरणका लागि वैकल्पिक उर्जाकेन्द्रसंग छलफल थालिएको प्रदेश नं २ नीति आयोगका सदस्य सुरेन्द्र झाले हिमालय पोष्टलाई बताए । दुई नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै झाले वैकल्पिक उर्जा केन्द्रका निमित्त प्रमुख नवराज ढकाललाई सौर्यबत्ति जडान लगायतका बैकल्पिक उर्जाको व्यवस्था मिलाईदिन आग्रह गर्दै चिठी बुझाईएको बताईएको छ ।


ADVERTISEMENT

# # #


प्रभावित क्षेत्रमा सौर्य बत्ति, बैकल्पिक चुल्होको व्यवस्था, प्रभाबित नपा गापाका स्वास्थ्य चौकीहरुमा सोलार जडान गर्न पत्राचार भएको बताईएको छ ।

‘मैँले त्यो चिठीमा पूर्ण रुपमा क्षती भएका एक हजार घरलाई सौर्य बत्ति वितरणका लागि र वैकल्पिक उर्जाबाट चल्ने चुलो दिनुपर्छ भनेको छु ।’ उनले भने, ‘त्यहाँ रहेका २३, २४ वटा स्वास्थ्य चौकीहरुलाई सोलार पावर जडान गरिदिनुपर्यो भनेको छु ।’

वैकल्पिक उर्जा केन्द्र पनि यी कुरामा सकारात्मक देखिएको छ झाले भने ‘समस्या परेका बेला जनतालाई सेवा दिने उहाँहरुको एउटा अवसर पनि हो ।

बिजुलीका पोलहरु ढलेका कारण अन्धकारको अबस्थामा रहेको क्षेत्रमा प्रदेश सरकारको तर्फबाट राजपाका सहमहामन्त्री समेत रहेका डा. झा ले पहल र आग्रह गरेअनुसार बैकल्पिक उर्जाले दुई तीन दिनमा यी बिषयहरुमा सहयोग गर्ने आश्वासन दिएको जनाईएको छ ।