काठमाडौँ – चितवनको भरतपुर महानगरपालिकामा एकै परिवारका तीनजनाले आत्महत्या गरेका छन् ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरी एकै स्थानमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । ३२ वर्षीय आमा माया आले, १४ वर्षीय छोरी बिनिता र १२ वर्षीय छोरा विवेक छुट्टाछुट्टै सलको पासो लगाएर एकै स्थानमा आत्महया गरेका छन् ।


ADVERTISEMENT

# # #


मृतकका श्रीमान् नरबहादुर आलेमगर नेपाली आर्मीमा काठमाडौंमा कार्यरत रहेका छन् । उनीहरूको हत्या या आत्महत्या के हो भन्ने खुलेको छैन ।

राससका अनुसार, आमाले नै छोराछोरीलाई झुण्ड्याएर आफूले पनि झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले आशंका गरेका छन् ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइँदैछ ।