काठमाडौँ – सभामुख कृष्णबहादुर महरा कतारको दोहामा हुने अन्तर संसदीय युनियन (आइपियु) को १४० औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


यही चैत २३ देखि २७ गतेसम्म चल्ने सो महासभामा उनले ‘शान्ति, सुरक्षा र कानूनी शासनको शिक्षा अभिवृद्धि गर्न संसद् उपयुक्त मञ्च’ शीर्षकअन्तर्गतको छलफलमा उहाँले नेपालको धारणा प्रस्तुत गर्नेछन् । महासभाका क्रममा हुने महिला सांसदको बैठकमा नेपालको तर्फबाट पुष्पा भुसाल र युवा संसद् सदस्यको बैठकमा शान्ता चौधरीले सहभागिता जनाउनेछन् ।


ADVERTISEMENT

# # #


दिगो विकासका लागि वित्त र व्यापारसम्बन्धी स्थायी समितिको बैठकमा पनि प्रतिनिधिमण्डलका सदस्यले सहभागिता जनाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा सांसद भुसाल, चौधरी, हरिचरण सिवाकोटी, विमलप्रसाद श्रीवास्ताव, लक्ष्मणलाल कर्ण, संसद् सचिवालयका महासचिव मनोहर भट्टराई र प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलगायत सहभागी छन् ।