काठमाडौँ – धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ हुने मातृभूमि क्रिकेट अर्का शनिबार हुने भएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने भनिएको खेल निरन्तर वर्षा भएपछि स्थगित भएको थियो ।


ADVERTISEMENT


प्रफाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मस’ले सूचना जारी गर्दै आगामी शनिबार अर्थात चैत्र ३० गने हुने जानकारी दिएका हुन् । प्रतियोगितामा कप्तान पारस खड्काको कप्तानीमा नेपाल ‘ए’ र उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपाल ‘बी’ प्रतिस्पर्धा गर्ने छन् । यस्तै प्रतियोगितामा राष्ट्रिय कलाकारको पनि प्रतिस्पर्धा हुने थियो । जसका लागि मदनकृष्ण श्रेष्ठको कप्तानीमा कलाकार ‘ए’ र हरिवंश आचार्यको कप्तानीमा कलाकार ‘बी’ रहेका थिए ।


ADVERTISEMENT

# # #


रंगशालाका निर्माणका लागि आयोजना गरिएको उक्त प्रतियोगिताबाट उठेको रकमको १५ प्रतिशत बारा र पर्साका भूकम्प पीडितलाई समेत प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।

यसअघि नै टिकट खरिद गरेका दर्शकले सोही टिकटबाट चाँडै प्रवेश पाउने भएकाले टिकट सुरक्षित राख्न फाउण्डेसनले अनुरोध गरेको छ । प्रवेशका लागि सामान्यतर्फ ३ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।