रौतहट – रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ ।


ADVERTISEMENT


मंगलबार बिहान ९ः३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बन्द्री पौडेलका अनुसार रौतहटका अनुसार घरको उडाएको घरको टाली खसेर उनको मृत्यु भएको थियो । हावाहुरीसँगै आएको असिना पानीले स्थानीयका घरहरुका छाना उडेका छन् भने रुखहरु ढलेका छन् । त्यस्तै, विद्युत्का पोलहरु ढलेको प्रहरीले जानकारी दिएको छ ।