सिराहा । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले सिराहा जिल्लामा चन्द्र नारायण यादव मेमोरियल प्रसूति अस्पतालको उद्घाटन गरेका छन् । राजनीतिक तथा सामुदायिक अगुवा एवम् भारत–नेपाल निकटका बहुसंख्यक व्यक्तित्वहरु, नेपाली कांग्रेस कोषाध्यक्ष तथा चन्द्र नारायण मेमोरियल ट्रस्टका अध्यक्ष सीता देवी यादव, नेपाली कांग्रेस केन्द्रीय सदस्य लगायतको उपस्थितीमा सो अस्पताल उद्घाटन गरिएको हो ।


ADVERTISEMENT


सिराहा जिल्ला तथा वरिपरिका ५० गाउँ पालिकाहरुका जनताको मातृत्व तथा स्वास्थ्य सेवामा पहुँच प्रदान गर्न सकियोस भन्ने हेतुले उक्त अस्पतालको निर्माण गरिएको जनाईएको छ । गुणस्तरीय मातृत्व तथा बाल स्वास्थ्यमा आधारित न लाभ÷न घाटा सिद्धान्त अन्तर्गत चन्द्र नारायण यादव मेमोरियल ट्रस्टद्वारा अस्पताल सञ्चालनमा ल्याईएको छ ।


ADVERTISEMENT

# # #


२५ शैया सहितको नव निर्मित मातृत्व अस्पताल भवन भारत सरकारको रु २.६९ करोड अनुदान सहयोगमा निर्माण भएको हो । यस परियोजनामा चिकित्सकीय उपकरणहरु अल्ट्रासाउण्ड, एक्स–रे, ब्लड बैंक, इमरजेन्सी, माइनर ओटी, ३ वटा डाक्टर कक्ष, १ वटा नर्स कक्ष, भण्डारण कक्ष, प्रशासन, लेखाशाखा र भुइँ तल्लामा शौचालय तथा आइसीयु, सीसीयु, र मेजर ओटी रहेका छन् ।

यस नव निर्मित संरचनाले सिराहा जिल्ला र यस वरिपरिका जिल्लाहरुका जनताहरुको मातृत्व तथा बाल स्वास्थ्य सेवामा सुधार प्रदान गर्नुका साथै मातृत्व तथा बाल मृत्युदर घटाउन सहयोग पूर्याउने दूतावासले बिश्वास लिएको छ ।