काठमाडौँ — नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मोबाइल गेम पब्जी खेल प्रतिबन्ध लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्रहरीको आग्रहमा आजै इन्टरनेट प्रदायकहरुलाई पब्जी खेल डाउनलोड र खेल्ने कार्य लागि रोक्नका लागि पत्र पठाइएको जानकारी दिए।
खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने युवा तथा बालबालिकामा हिंसाको भावना जगाउने गरेको तथा मानसिक असन्तुलनसमेत देखिएकाले प्रतिबन्ध लगाउनु पर्ने आवाज उठिरहेको थियो ।