काठमाडौं – आजदेखि मलेसियामा सुरु भएको यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा सिंगापुरविरुद्ध नेपाली यू १९का कप्तान रोहित कुमार पौडेलले अधएशतक प्रहार गरेका छन् ।


ADVERTISEMENT


उनले ४९ बलमा ५० रन पूरा गरेका हुन् । मलेसियाको जसक्रममा उनले पाँच चौका प्रहार गरे । क्वालालम्पुरस्थित सिलेंगर टर्फ क्लब मैदानमा टस हारेर ब्याटि थालेको नेपालको इनिङ रोहितले सम्हालेका छन् ।


ADVERTISEMENT

# # #


नेपालले अहिले ३१ ओभरको समाप्तीमा ६ विकेट गुमाएर १८० रन बनाएर खेलिरहेको छ । । रोहित ६७ बलमा ६९ रन बनाएर खेलिरहेका छन् । यसअघि नेपालका लागि पवन सर्राफले ४७ रनको योगदान दिए । उनले ५३ बलमा ४ चौका र दुई छक्का प्रहार गरे । यस्तै भीम सार्कीले १९ बलमा २६ रन बनाए । त्यसक्रममा उनले ४ चौका र १ छक्का हाने ।

प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम सन् २०२० मा दक्षिण अफ्रिकामा हुने यू-१९ विश्वकपमा छनोट हुनेछ । नेपाललाई प्रतियोगिताको प्रमुख दाबेदार मानिएको छ ।