काठमाडौँ – नेपाली यू-१९ क्रिकेट टिमका कप्तान रोहित पौडेल शतक बनाउनबाट ५ रनले चुकेका छन् । आजदेखि सुरु भएको यू–१९ विश्वकप एसिया छनोट क्रिकेटमा रोहितले सिंगापुरविरुद्ध उनी ९५ रन बनाएर आउट भएका हुन् । यसक्रममा उनले १०५ बलमा ७ चौका र एक छक्का ठोके ।


ADVERTISEMENT


क्वालालम्पुरस्थित सिलेंगर टर्फ क्लब मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि रोहितले कप्ताी इनिङ खेले । नेपाली इनिङ उकास्ने क्रममा उनले तीन महत्वपूर्ण साझेदारी गरे ।


ADVERTISEMENT

# # #


तेस्रो नम्बरमा ब्याटिङमा आएका उनले तेस्रो विकेटका लागि पवन सर्राफसंग ९० रनको साझेदारी गरे ।पवन ५३ बलमा ४७ रन बनाएर आउट भए । उनी तीन रनले अर्धशतक बनाउनबाट चुके ।

यस्तै भीम सार्कीसंगपाँचौ विक्टका लागि ३९ रनको साझेदारी गरेका रोहितले सातौँ विकेटका लागि राशिद खानसंग महत्वपूर्ण ७५ रनको साझेदारी गरे । राशिद खानले ४७ बलमा ४८ रन बनाए । यसक्रममा उनले ४ चौका र दुई छक्का प्रहार गरे ।