काठमाडौँ – नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले २ सय रुपैयाँमा प्याक अफलर ल्याएको हो।


ADVERTISEMENT


उक्त प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।


ADVERTISEMENT

# # #


उक्त प्याकको अवधि खरिद गरेपश्चात् ५ दिनसम्म रहने छ । सो प्याक २०७५ चैत ३० देखि २०७६ बैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने छ ।

प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । ‘नेपाल टेलिकम’ मोबाइल एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।