काठमाडौं –तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा दुईजना प्रहरीसहित तीनको मृत्यु भएको छ ।


ADVERTISEMENT


जहाज रनवेबाट टेकअफ गर्ने क्रममा पार्क गरिराखेको हेलिकोप्टरसंग ठोकिन्न पुग्दा पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस. ढुंगानाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यस्तै विमानस्थलमा कार्यरत प्रहरी सहायक निरीक्षक रुद्र बहादुर श्रेष्ठ घाइते भई उपचारका लागि काठमाडौंतर्फ ल्याइएकोमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको बताइएको छ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले दुर्घटना भएको पुष्टि गर्दै समिट एयरको जहाज उड्ने बेलामा चिप्लिएर पार्किङ गरिराखेको हेलिकोप्टरसँग ठोक्किएको बताए । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थलहरुमध्येमा पर्दछ ।