काठमाडौं – मलेसियामा जारी यू–१९ विश्वकप छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३.२ ओभरमा २२९ रनको स्कोर खडा गर्‍यो ।


ADVERTISEMENT


२३० रनको लक्ष्य पच्छ्याएको ओमान नेपाली बलरसामू निरीह साबित भयो । उसले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ७९ रन बनायो । ओमानका अमनप्रित सिराह र जिल यांगेश तन्नाले सर्वाधिक १३ १३ रन जोडे । अन्यले दोहोरो अंक छुन सकेनन् । उनले नेपालका लागि पवन सर्राफ, कुशल मल्ल र सूर्य तामाङले उत्कृष्ट बलिङ गरे । पवनले १० ओभरमा दुई मेडेन ओभर राख्दै २४ रन खर्चिएर ३ विकेट चट्काए । यता प्रतिश जिसीले ७.१ ओभरमा एक मेडेन राख्दै १३ रन खर्चिएर २ विकेट लिए । यस्तै सूर्य तामाङले ९ ओभरमा चार मेडेन ओभर फ्याँक्दै ११ रन मात्र खर्चिएर दुई विकेट लिए ।


ADVERTISEMENT

# # #


कमल सिंह ऐरी, भीम सार्की र कुशल मल्लका नाममा समान १ १ विकेट रह्यो ।

यसअघि अन्तिममा प्रतिश जिसीले आक्रामक इनिङ खेलेपछि नेपालले २३० को सम्मानजनक लक्ष्य प्रस्तुत गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहितकुमार पौडेलको अर्धशतक मद्दतमा ४३.२ ओभरमा २२९ रनको स्कोर खडा गर्‍यो ।

ब्याटिङमा नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १२ हुँदा ओपनर पवन सर्राफ व्यक्तिगत ५ रन बनाएर आउट भए । अर्का ओपनर रित गौतम पनि २१ बल खेलेर १० रन मात्रै बनाई आउट हुँदा नेपालको स्कोर ३३ रन थियो ।

यसैगरी तेस्रो नम्बरमा आएका अभिषेक बस्नेत ४४ बलमा १० रन बनाएर आउट भए भने सन्दिप जोरा पनि धेरै बेर टिक्न सकेनन् । उनी ९ बल खेल्दै चार रन बनाएर आउट भए । त्यसपछि आएका हरिवहादुर चौहान पनि असफल भए । अघिल्लो म्याचमा अद्र्धसतक बनाएका चौहान यसपाली २ रनको व्यक्ति स्कोरमा पेभेलियन फर्किए । यसरी नेपालले ८२ रनमा चार विकेट गुमायो ।

अर्कोतर्फ विकेट खसिरहँदा एकातर्फ भने कप्तान रोहित डटिरहेका थिए । लगातार विकेट पतनको प्रभाव उनको ब्याटिङमा देखिएन । रोहितले भिम सार्कीसँग ९३ रनको ठोस साझेदारी गरेपछि नेपालको अवस्था केही सुध्रिएको थियो । तर, ७५ रनको व्यक्तिगत स्कोरमा कप्तान रोहित आउट भएपछि नेपाल फेरि दवावमा आयो । रोहितले ८१ बलको सामना गर्दै ५ चौका र २ छक्का हानेका थिए ।

रोहितपछि भिम पनि ४३ बलमा २९ रन बनाएर आउट भए । त्यसपछि आएका कुशल मल्ल र कमल सिंह ऐरीले पनि खास केही गर्न सकेनन् । उनीहरु क्रमस १ र दुई रन बनाएर पेभेलियन फर्किए । तर प्रतिश जिसीले विष्फोटक ब्याटिङ गर्दै नेपाललाई उकासे । उनले २३ बलमा ४ छक्का र २ चौका सहित ४१ रन बनाए । दशौँ नम्बरमा ब्याटिङमा आएका उनले गत वर्ष डिभिजन २ मा क्यानडाविरुद्धको करण केसीको इनिङलाई सम्झना दिलाए ।

तर, नेपालले पूरा ओभर खेल्न सकेन । ४३.२ ओभरमा नेपाल अलआउट भयो । ओमानका लागि मुजाहिर राजा, आजम अलि, सञ्जय रवीन्द्र र जिल तन्नाले २–२ विकेट बाँडेका थिए ।

नेपालले अन्तिम खेल बिहीबार कुवेतसंग खेल्नेछ । यसअघि युएईसंगको खेलमा पानी परेपछि डक वर्थ लुईसको आधारमा एक रनले पराजित बनेको नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग सकिएको छ । तर, यदि युएईले ओमानसंग हार्ने हो भने नेपालको सम्भावना रहनेछ । त्यसका लागि नेपालले आफ्नो बाँकी खेल पनि भारी अन्तरले जित्दै रनरेटलाई सुधार गर्नुपर्ने हुन्छ ।

नेपालले चार खेलमा तीन खेल जित्दै ६ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ । यएई चार खेलमा चारवटै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ । युएईले आफ्नो अन्तिम खेल ओमानसंग बिहीबार नै खेल्नेछ ।