काठमाडौँ –समता स्कुललाई वर्ल्ड बुक अफ रेकर्ड, लण्डनले प्रदानज गरेको प्रमाणपत्र भन्ने समाचारको वर्ल्ड बुक अफ रेकर्डले खण्डन गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार वर्ल्ड बुक अफ रेकर्डस्को प्रमाणपत्र हस्तान्तरण गरेका थिए । तर, केही सञ्चारमाध्यामले उक्त प्रमाणपत्र नक्कली भएको समाचार सम्प्रेष्णण गरेका थिए । एक विज्ञप्ती जारी गर्दै वर्ल्ड बुक अफ रेकर्डले उक्त भ्रमपूर्ण समाचारको खण्डन गरेको हो ।


ADVERTISEMENT

# # #


समता स्कुललाई हस्तान्तरण गरिएको ‘वर्ल्ड बुक अफ रेकर्ड’ डब्लुबिआर प्रमाणपत्र सक्कली रहेको वर्ल्ड बुक अफ रेकर्डले जनाएको छ । वर्ल्ड बुक अफ रेकर्डका नेपाल प्रतिनिधि सागर कटवाले विज्ञप्ती निकाल्दै भ्रमपूर्ण समाचार सम्प्रषण गरेकोप्रति आपत्ति जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘समता स्कुललाई वर्ल्ड बुक अफ रेकर्ड, लण्डन ले “शिशु कक्षादेखि स्नातकोत्तरसम्म न्युनतम शुल्क (मासिक १ डलर) मा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था” शिर्षकमा प्रधानमन्त्री केपी शर्मा ओली तथा पुर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल एवं माधवकुमार नेपालको संयुक्त बाहुलीबाट प्रदान गरेको प्रमाण–पत्रलाई लिएर केही सञ्चार माध्यमले नक्कली हो भनी निराधार रुपमा यस अन्तर्राष्टिय संस्थाको गरिमामा आँच आउने प्रकारको कपोकल्पित समाचार सम्प्रेषण गरेको प्रति यस संस्थाको गम्भिर ध्यानाकार्षण भएको छ । यसले संस्थाको मान र प्रतिष्ठामा नकारात्मक असर परेकाले त्यसप्रति हामी खेद प्रकट गर्दछौँ ।’

प्रमाणपत्रमा सन्तोष शुक्लाको नामलाई लिएर चर्चा सुरु भएको थियो । शुक्ला भारतको सर्वोच्च अदालतमा साइवर सेक्युरिटिज सम्बन्धिका वकिल हुन् ।

के हो वर्ल्ड बुक ?

वल्र्ड बुक्स् अफ रेकर्ड विश्वव्यापी रुपमा वैज्ञानिक आधारमा रेकर्डहरु प्रमाणिकरण गर्ने अन्तर्राष्ट्रिय संस्था हो । यो संस्था बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत, मरिसियसमा कानुनतः दर्ता भई आफ्नो गतिविधिहरु सञ्चालन गर्दै आईरहेको छ ।

आधिकारिक प्रतिनिधि मार्फत विश्वव्यापी रुपमा वर्ल्ड बुक अफ रेकर्डले ऐतिहासिक सम्पदा, मठमन्दिर र सामाजिक, आर्थिक साँस्कृतिक, सांगितिक लगाएत क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्ति र संस्थालाई सूचिकृत र सम्मानित गर्दै आएको छ ।