काठमाडौं – युनाइटेड अरब इमिरेटस् (युएई) र नेदरल्याण्डलाई पछि पार्दै नेपाल एकदिवसीय क्रिकेट वरीयतामा एक् स्थान माथि उक्लिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बुधबार सार्वजनिक गरेको वरियता क्रमअनुसार नेपाल १४ स्थानमा पुगेको छ ।


ADVERTISEMENT


यसअघि नेपाल १५ औँ स्थानमा रहेको थियो । भर्खरै युएईले जिम्बाबेसंग चार खेलको एकदिवसीय सिरिजमा ४-० ले पराजित भएपछि नेपाल माथि उक्लिएको हो । सिरिज ४-० ले गुमाएसंगै युएई एक स्थान तल झरेको छ भने नेपाल कुनै पनि खेल नखेलेता पनि एक स्थान माथि उक्लिएको छ ।


ADVERTISEMENT

# # #


गत माघमा युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जितेपछि नेपाल एकदिवसीय वरीयतामा समावेश भएको थियो । एकदिवसीय विश्व वरियतामा इङ्ल्याण्ड शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रो स्थानमा छ ।