काठमाडौँ – आगामी शनिबारलेदि थाइल्याण्डमा सुरु हुने एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । विशाल विक्रम केसीको कप्तानीमा बुधबार नेपाली यू १६ क्रिकेट टिमको घोषणा भएको हो ।


ADVERTISEMENT


अप्रिल २० देखि २८ सम्म चल्ने प्रतियोगितामा नेपालले पहिलो दिन म्यानमारको सामना गर्नेछ । नेपालले दोस्रो खेल मलेसियासंग अप्रिल २४ र अन्तिम खेलमा आयोजक थाइल्याण्ड अप्रिल २५मा खेल्नेछ । प्रतियोगिताका लागि नेपाली टोली बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT

# # #


३५ ओभरको प्रतियोगिताका लागि ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ अन्य तीन टोलीहरु मलेसिया, म्यानमार र थाइल्णड रहेका छन् । यस्तै समूह ‘बी’मा सिंगापुर, हङकङ, भुटान र चीन रहेका छन् । प्रत्येक समूहका उत्कृष्ट दुई टिम प्लेअफका लागि छानिनेछन् ।

साबिकको विजेता समेत रहेको नेपाललाई प्रतियोगिताको दाबेदार मानिएको छ । यसअघि २०१७ मा भएको प्रतियोगितामा नेपालले सिंगापुरलाई ७१ रनले पराजित गर्दै उपाधी जितेको थियो ।

यस्तो छ नेपाली टिम :

बिशाल बिक्रम केसी (कप्तान)
आशिस भट्टराई
प्रसान्त महत
अर्जुन कुमाल
दिपक बोहोरा
सुवाष ऐर
निखिल कुमार सिंह
बिशाल कुमार पटेल
कृष कार्की
तिलक राज भण्डारी
रमेश कुर्मी
रोशन दुधराज बिक
प्रसान्त सिंह
सुशान्त तहप