काठमाडौँ – समाचार लेखेकै आधारमा साइबर अपराध मुद्दा लागेका पोखराका पत्रकार अर्जुन गिरी बिहीबार रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश अमर पौडेलले पत्रकार गिरीलाई साधारण तारेखमा छाड्न आदेश गरेका हुन्।


ADVERTISEMENT


पत्रकार गिरीको पक्षबाट अधिवक्ता स्वागत नेपालसहितले बहस गरेका थिए। पत्रकार गिरीले आफैं सम्पादक रहेको ताण्डवन्युज डटकममा पोखराका व्यवसायी वीपेन्द्रराज बतासले पोखरा ६ बैदामका दालप्रसाद श्रेष्ठ र जनकराज पहारीलाई ४ करोड ३३ लाख रुपैयाँ ठगी गरेको समाचार लेखेका थिए।


ADVERTISEMENT

# # #


वीपेन्द्रले गिरीविरुद्ध साइबर अपराधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेका थिए। प्रहरीले पत्रकार गिरीलाई वैशाख २ मा पक्रेको थियो।