काठमाडौं – संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ५ जनाकै नाम अनुमोदन गरेको छ । बिहीबार सबै ५ जनाको सुनुवाईपछि समितिले सर्वसम्मत रुपमा नाम अनुमोदन गरेको हो ।


ADVERTISEMENT


न्यायपरिषदले केही दिनअघि सर्वोच्चको न्यायाधीशमा कुमार रेग्मी, हरि फुयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमालाई सिफारिस गरेको थियो ।


ADVERTISEMENT

# # #


संसदीय सुनुवाइ समितिमा न्यायाधीश सिफारिसबारे ५ वटा उजुरी परेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि अब उनीहरुको नियुक्ति राष्ट्रपतिबाट हुनेछ ।