काठमाडौँ – नेपाल टेलिकमले नेपालमै पहिलोपटक भ्वाइस ओभर एलिटिई सुविधा ल्याउने भएको छ। फोरजी विस्तार योजना अन्तर्गत यस्तो सुविधा थप गर्न लागिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।


ADVERTISEMENT


एक वर्षभित्र देशभर फोरजी विस्तारको काम सकिनेगरी ठेक्का सम्झौता गरिसकेको र उक्त काम सकिएपछि टेलिकमले फोरजीसँगै देशमै पहिलोपटक नयाँ सुविधा तथा प्रविधि ल्याउने उनको भनाइ छ। नेपाल टेलिकमले फोरजी विस्तारका लागि ३ चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरिसकेको छ।


ADVERTISEMENT

# # #


यो आयोजनाबाट देशका सातै प्रदेशमा फोरजी सेवा एकैपटक विस्तार हुने छ। त्यसपछि टेलिकमले ६५ लाख ग्राहक क्षमताको फोरजी सेवा दिनसक्ने छ। मागअनुसार सेवा विस्तार तथा नेटवर्क परिमार्जन गर्दै जाने अधिकारीले जानकारी दिए। करिब २० अर्ब खर्चिएर विस्तार गर्न लागेको यो आयोजनाबाट नयाँ सेवा तथा सुविधा ग्राहकले प्रयोग गर्न पाउने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।

उनका अनुसार टेलिकमले भ्वाइस ओभर एलटिई सुविधा पनि दिने छ। यो सुविधामा ग्राहकले फोन गर्दा डेटाबाटै जाने छ। जस्तो अहिले ग्राहकले थ्रीजी सीम चलाइरहेको भएपनि फोन गर्नेवित्तकै त्यो फोन २ जीमार्फत् जान्छ। अर्थात् यो रेडियो फ्रिक्वेन्सी भएर जान्छ।

भिओएलटिई सुविधा भएमा फोन गर्दा फोरजी नेटवर्कबाट जान्छ। जुन डेटामा आधारित हुन्छ। यो प्रविधिमा जस्तो बोलेको हो त्यस्तै सुनिन्छ। हाइ डेफिनेस कल भिनिने यसमा रेकर्ड गरेर पठाएजस्तो आवाज आदानप्रदान हुन्छ।

‘रेडियो फ्रिक्वेन्सीबाट जाँदा आवाज रोकिने, काटिने र ढिला कनेक्सन हुने हुन्छ तर यसमा कि जाँदैन गएपछि रेकर्ड गरेर पठाएको जस्तो आवाज जान्छ’ प्रवक्ता वैद्यले भिनिन्।

ग्राहकले यो सुविधा प्रयोग गर्नका लागि दुईवटा शर्त पुरा गर्न पर्छ। एउटा मोबाइल सेट र अर्को फोन उठाउने मान्छेको पनि सोही नेटवर्क। यदि दुईमध्ये एउटालेमात्र दुवै शर्त पालना गरेको छ भने यस्तो सुविधा प्रयोग गर्न पाइन्नछ। यसमा भिओएलटीइ सपोर्ट गर्ने फोन र नेटवर्क दुवै हुनपर्छ।

त्यस्तै टेलिकमले भिओवाईफाईको सुविधा पनि थप हुने बताएको छ। कुनै ठाउँमा वाईफाई छ तर मोबाइल नेटवर्क छैन भने त्यस्तो ठाउँमा त्यही सिमलाई प्रयोग गर्न सकिने यो सुविधा पनि थप हुने वैद्यले जानकारी दिइन्।

फोरजी परियोजना विस्तारसँगै देशका केही सहरमा फाइभजी पनि परीक्षणको रुपमा टेलिकमले शुरु गर्ने घोषणा गरेको छ।