काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपीएल)मा मुम्बई इण्डियन्सविरुद्ध नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिटल्सले टस जितेर बलिङ रोजेको छ ।


ADVERTISEMENT


तर, सन्दीप भने मुम्बईसँगको खेलमा अन्तिम ११ मा अटाउन सकेका छैनन् । दिल्लीले यसअघिकै टिम खेलाएको हो ।


ADVERTISEMENT

# # #


सुरुवाती दुई खेलमा बेन्चमै बसेका सन्दीप त्यसपछिका चार खेलमा टिममा अटाएका थिए । सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेपनि त्यसपछिका दुई खेलमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा त्यसपछि लगातार बेन्चमै सीमित बनेका छन् ।