काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई ओली सरकारबाट मुक्त गर्नका लागि आन्दोलन आवश्यक रहेको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार राजधानीमा नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसरमा बोल्दै सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले सबैलाई दुःख दिएकाले त्यसबाट जनतालाई मुक्त गर्न आवश्यक रहेको बताएका हुन् । उनले ओली सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए ।


ADVERTISEMENT

# # #


सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दाबी गर्दै देउवाले भने,  ‘ओलीसँग मुक्ति खोज्ने बेला भएको छ । भोलिको दिनमा आन्दोलन गर्न विद्यार्थी भाइहरुले पूरा तयारी गर्नुपर्छ ।’

उनले बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए ।

सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको पुनर्गठन छिट्टै हुने आश्वासन दिए । उनले नेतृत्वका लागि ३२ वर्षे उमेर हद लागू गर्ने-नगर्ने निर्णय नेविसंघकै नेताहरुको परामर्श गरेर नेतृत्वको चयनमा अन्याय नगर्ने बताए ।