काठमाडौं – सर्वोच्च अदालतले अनलाइनमार्फत् खेलिने खेल पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।


ADVERTISEMENT


शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि गत चैत्र २८ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको थियो ।

खेलाडीहरुको अज्ञात युद्धस्थल अर्थात् ‘प्लेयर्स अननोन बेटल ग्राउन्ड (पब्जी) अति खेल्ने युवा तथा बालबालिकामा विभिन्न किसिमका मानसिक समस्या देखिन थालेको भन्दै बन्द गरिनुपर्ने आवाज उठेका थिए ।