काठमाडौँ – प्रभु बैंकले काठमाण्डौको शंखरापुर नगरपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले नगरपालिकाको वडा नं। ७ स्थित साँखुमा शाखा कार्यालय खोली कारोवार सञ्चालन गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको उद्घाटन नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले गरेका थिए । कार्यक्रममा मेयर श्रेष्ठले प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहमा बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गरे ।


ADVERTISEMENT

# # #


उनले नगरबासीहरुलाई बैंकिङ्ग सेवा उपभोग गर्न आग्रह गरे । यस्तै प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बैंकले कृषि, उद्योग र पर्यटन क्षेत्रमा लगानी बढाउने उद्देश्यका साथ बिभिन्न सहुलियत पुर्ण कर्जाहरु प्रदान गर्दै आइरहेको भन्दै साँखु क्षेत्रका स्थानिय बासिन्दाहरुलाई यो सुविधा लिन गर्न आग्रह गरे ।