मुम्बई – दीपिका पादुकोण पछिल्ला दिन फिल्म ‘छपाक’ को सुटिङमा व्यस्त छिन् । तर, यसैबीच उनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।


ADVERTISEMENT


भिडियोमा दीपिका को–स्टार विक्रान्त मासीसंग किस गरिरहेको देख्न सकिन्छ । यो दुश्य दिल्लीको कुमै भवनको छतमा फिल्माङ्कन गरिएको देखिन्छ । करिब २० सेकेण्ड लामो भिडिोको टाढाबाट कसैले मोबाइलमा कैद गरेको देखिन्छ ।


ADVERTISEMENT

# # #


दीपिका पादुकोण र विक्रान्त मासी ‘छपाक’ को यस सिनको सुटिङ घरको छतमा गरिरहेका थिए । जहाँ कसैले यसलाई आफ्नो मोबाइलमा खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको हो । भिडियो योमा यो पनि सुन्न सकिन्छ, ‘यो बच्चालाई नदेखाउनुहोला ।’

दीपिकाले २०१८को नोभेम्बरमा रणवीर सिंहसंग विवाह गरेकी थिइन् । त्यसपछि ‘छपाक’ उनको पहिलो पिल्म हो । एसिड आक्रमण सर्वाइवर लक्ष्मी अग्रवालको जीवनीमा आधारित यस फिल्मका निर्देशक मेघना गुलजार हुन् । फिल्म २०२० को जनवररुीमा रिलिज हुने बताइएको छ ।