काठमाडौँ – आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रो प्रतियोगितामा समावेश चारै स्पर्धाको उपाधिमाथि आर्मीले कब्जा जमाएको छ ।


ADVERTISEMENT


बर्दियाको गुलरियामा सोमबार सम्पन्न पुरुष डबल्सको अन्तिम फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१७ र २१–१२ को सोझो सेटमा पराजित ग¥यो । त्यसअघि आर्मीले महिला डबल्स तथा पुरुष÷महिला रेगुको फाइनल जितेको थियो ।


ADVERTISEMENT

# # #


विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुरुष÷महिला दुवैमा आर्मी, प्रदेश १, ३, ४, ५ र ७ गरी छ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।