रौतहट । नेपाली काँग्रेसले शनिबार बिशाल जनसभा गर्दै प्रतिपक्षिको बलियो उपस्थिती देखाउँदै सरकारलाई खबरदारी गरेको छ ।


ADVERTISEMENT


रौतहटको राजपुरमा लाखौँको उपस्थितिमा काँग्रेसले शक्ति प्रदर्शन गरेको हो ।


ADVERTISEMENT

# # #


काँग्रेसका प्रभावशाली नेता मोहमद अफताव आलमको सक्रियता र अगुवाईमा नेपाली काँग्रेसले आयोजना गरेको कार्यक्रममा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशाँक कोईराला लगायतका नेताहरुले सरकार असफल भईसकेको भन्दै देश र जनताका लागि काँग्रेसको बिकल्प नभएको ठोकुवा समेत गरेका छन् ।

वरिष्ठ नेता पौडेलले भने सरकार बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइडबडी काण्ड लगायत काण्डै काण्डले गाँजिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रतिबद्धता गरेपनि त्यसविपरित सरकारले भ्रष्टाचारी, बलात्कारीलाई संरक्षण दिएको तथा काण्डै काण्डको देश बनाएको पौडेलको आरोप छ ।नेकपाका केही नेता र कार्यकर्ताहरु मात्रै सुखी हुँदा सरकारले मुलुक सुखी र समृद्ध भएको दिवास्वप्न देखिरहेको उनको दाबी छ ।

महामन्त्री कोइरालाले पार्टीको आन्तरित द्वन्द्व अन्त्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

रौतहट २ का साँसद मोहम्मद आफताव आलमले नेकपाको सरकारको कारण मुलुकमा अहिले अराजकता फैलिएको, हत्या, बलात्कार, र ब्रम्हलुट बढेको आरोप लगाएका छन् ।

उनले हिमाल, पहाड, तराई, मधेशका जनता समृद्ध बनाउने रोडम्याप काँग्रेससँग मात्रै भएको दाबी गरे । बर्तमान सरकारले जनतालाई झुक्याएको भन्दै अब देश र जनताको मुहारमा समृद्धि ल्याउने जिम्मा नेपाली काँग्रेसले लिने नेता आलमले उद्घोष गरे ।

बाम गठबन्धनको समयमा पनि रौतहट क्षेत्र नम्बर २ बाट नेता आलमले नेपाली काँग्रेसको जित निकालेका थिए ।

जनसभा स्थल राजपुर नेता आलमको पुख्र्यौली घर रहेको स्थान रहेको हो । उनी काँग्रेसका पुराना बरिष्ठ नेताहरु शेख ल्याकत र शेख ईद्रिसका सन्तान समेत हुन् । आलम ६ पटक मन्त्री भईसकेका छन् ।