काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछाने विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध टिममा परेका छन् । सन्दीप आबद्ध दिल्ली क्यापिटल्सले टस जितेर ब्याटिङ रोजेको छ । सन्दीपले क्रिस मोरिसलाई स्थानान्तरण गरेका छन् ।


ADVERTISEMENT


न्दीपले जारी आइपीएलमा अहिलेसम्म ५ वटा मात्रै खेल खेलेका छन् । जसमा उनले ७.७४ को इकोनोमी रेटमा ८ विकेट लिएका छन् । सन्दीपले पाँचमध्ये ३ खेल दिल्लीको घरेलु मैदान कोट्लामा खेलेका छन् । जसमा ५ विकेट लिएका छन् । पछिल्लो पटक उनले किंस ११ पञ्जावविरुद्ध खेलेका थिए । जसमा ३ विकेट लिएका थिए ।


ADVERTISEMENT

# # #


प्लेअफमा पुग्नका लागि एक जित मात्र टाढा रहेको दिल्ली बैंगलोरलाई परास्त गर्न चाहन्छ । तर, बैंगलोरले दिल्लीको फिरोज शाह कोट्ला मैदानमा पछिल्ला १० वर्षमा हारको सामना गर्नु परेको छैन ।

प्लेअफको सम्भावना कायमै राख्नका लागि बैंगलोरलाई पनि जितको विकल्प छैन ।