काठमाडौँ – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध कुनै पनि विकेट लिन सकेनन् । सन्दीप आइपीएलमा पहिलो पटक विकेटविहीन बनेका हुन् ।


ADVERTISEMENT


सन्दीपले जारी आइपीएलमा ६ वटा मात्रै खेल खेलेका छन् । जसमा उनले ८ विकेट लिएका छन् । यसअघिका सबै खेलमा कम्तिमा एक विकेट लिएका उनी आज भने विकेटविहीन बने । ३ ओभर बलिङ गरेका उनले २ छक्का र ३ चौकासहित ३६ रन खर्चिए ।


ADVERTISEMENT

# # #


दिल्लीले घरेलु मैदान फिरोज शाह कोट्लामा बैंगलोरलाई १६ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८७ रन बनायो । १८८ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको बैंगलोर पूरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै १७१ रनमै समेटियो । कप्तान विराट कोहली र पार्थीव पटेलले उत्कृष्ट सुरुवात दिलाएपनि पिनिसिङ राम्रो हुन नसक्दा बैंगलोर पराजित भएको छ ।

पार्थीव ३९, विराट २३ रनमा आउट हुँदा गुरक्रित सिंह २३, शिभम् दुबे २४ र एबीडीभिलियर्स १७ रनमा आउट भए । यस्तै मार्कस स्टोइनिक्स २८ रनमा अविजित रहे । दिल्लीका अमित मिश्रा र कागिसो रबाडाले समान २-२ विकेट हात पारे । यस्तै इशान्त शर्मा, अक्षर पटेल र राथरफोर्डले समान १-१ विकेट हात पारे ।

यसअघि दिल्लीका लागि शिखर धवन र कप्तान श्रेयस ऐयरले अर्धशतक प्रहार गरे । शिखरले ३७ बलमा ५ चौका र २ छक्काको मदतमा ५० तथा श्रेयसले ३७ बलमा २ चौका र ३ छक्काको प्रहार गर्दै ५२ रन बनाए । यस्तै अन्तिममा सरफेन राथरफोर्ड र अक्षर पटेलले आक्रामक पारी खेल्दै दिल्लीलाई उच्च स्कोरमा पुर्याए । रथरफोर्डले २२ बलमा २८ र अक्षरले ९ बलमा १९ रन हाने ।

बैंगलोरका लागि युजवेन्द्र चहालले २ विकेट लिए । वासिंगटन सुन्दर, उमेश यादव र वनदीप सैनीले समान १-१ आफ्नो नाममा लेखाए ।

आजको हारसंगै बैंगलोरले दिल्लीविरुद्ध कोट्ला मैदानमा १० वर्षपछि पराजय ब्यहोरेको छ ।