काठमाडौं । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडी आकर्षक र मनमोहक साजसज्जामा नयाँ खाजा घर सञ्चालनमा आएको छ । सांसद एवं अनेराश्ववीयु अध्यक्ष नवीना लामा लगायत पाँच दीदीबहिनीले हिमालयन रिमठिम क्याफ़े सञ्चालनमा ल्याएका हुन् । क्याफेको आईतवार एसिड़ पीडित संगीता थापा, कमलरी सीमा चौधरी, द्वन्द पीडित नेवा लामाले रिबिन काटेर औपचारिक उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


सो अवसरमा कानूनमन्त्री भानुभक्त ढकालको उपस्थिती रहेको थियो । यस्तै, युवा संघ नेपालका अध्यक्ष रमेश पौडेल, अनेराश्ववीयुका पूर्व अध्यक्ष किशोरबिक्रम मल्ल लगायत युवा संघ र अनेराश्ववीयुका नेताहरुको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


सांसद नवीनाले व्यवशाय सञ्चालनको योजना १३ बर्ष अघि देखिकै रहेको बताएकी छन् । राजनीति जनताका लागि गरिने सेवा भएकाले आर्थिक आत्मनिर्भर हुने काममा जोडिनुपर्छ भन्ने सोचले क्याफे सञ्चालनमा ल्याईएको उनले बताएकी छन् ।

”सफल गुणस्तर ब्राण्ड हुन सक्रिय मेहनत जरुरत छ” उनले भनिन् ”हामीले नेपाली स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बिशेष परिकारहरु, अर्गानिक खानाका परिकारहरु, नेपाली उत्पादनका कपडाहरु, कफी तथा फ्रेस जुस समेत सर्वसुलव रुपमा हाम्रा ग्राहकहरुलाई पस्कनेछौं ।”