काठमाडौं । नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताले चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने भएका छन् । नेपालबाट आएको कल उठाउन र एसएमएस पठाउन पाउने सुविधा पनि प्रयोगकर्ताले पाउने छन् ।


ADVERTISEMENT


त्यसैगरी, सोही मोबाइलबाट चीन वा भारतका स्थानीय मोबाइल अपरेटरका नम्बरमा समेत कल गर्न सक्ने टेलिकमले जनाएको छ ।


ADVERTISEMENT

# # #


कम्पनीको वार्षिकोत्सवको अवसरमा गत माघ २२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ’ सेवा शुभारम्भ गरेका थिए ।