काठमाडौं । ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एनआईसी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखा कार्यालयहरुको सोमबार औपचारिक उद्घाटन गरेको छ ।


ADVERTISEMENT


काठमाडौं महामनगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीबाट र काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट नयाँ शाखाहरु उद्घाटन गरिएको हो ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दैआईरहेको छ ।

१६लाख ग्राहकहरूकासाथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसुचकहरु उत्साहप्रद रहेको बैँकको दाबी छ । यस्तै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई बैंकले पालनागर्दै आएको बताईएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रहरुमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालयहरु संचालन गर्ने योजना अगाडि सारेको छ ।