नुवाकोट– बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन् ।


ADVERTISEMENT


नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् । साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । लामाको खोजी भइरहेको छ ।


ADVERTISEMENT

# # #


त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन दिनमा साबेल प्रयोग गरी गाडीमा राख्दा दुर्घटनाको जोखिम बढिरहेको छ ।