काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली युवा संगठन यवा नेपाल र वाइसिएल नेपालले यो धर्ती रहेसम्म मार्क्सवाद रहने उद्घोषका साथ आगामी जेष्ठ १ गते आफ्नो स्थापना दिवश भव्य रुपमा मनाउने भएको छ ।


ADVERTISEMENT


काठमाडौँको बुद्धनगरमा आज युवा संघ नेपाल (तत्कालिन एमाले) तथा वाइसिएल नेपाल (तत्कालिन माओवादी केन्द्र)को संयुक्त आयोजनामा युवा संघका अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा आफ्नो स्थापना दिवशलाई भव्य र शव्य रुपमा मनाउने तयारी गरेको छ । आगामी जेष्ठ १ गते दुवै संगठनले संयुक्त रुपमा स्थापना दिवश मनाउने उद्घोष गरेका छन् ।


ADVERTISEMENT

# # #


करिव ४० प्रतिशतभन्दा बढी युवाहरु रहेको नेपालमा युवाहरुको समुदायीक मुद्धालाई बुलन्द रुपमा उजागर गर्दै युवा आन्दोलनको मात्र नभई देशको महत्वपूर्ण आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दुबै संगठनले नेपालको महत्वपूर्ण मुद्धाहरुमा समेत नेतृत्व गर्दै आएको छ । युवाहरुको भाग्य र भविष्यलाई सुनिश्चित गराउने महान आन्दोलनलाई सार्थकता दिन दुई संगठनको एकै आवाज देखिएको छ ।

देशमा युवाहरुको रोजगारी, आत्मनिर्भर, आधुनिक प्रविधिको विकास, गाउँ गाउँमा सिंह दरवार पुर्याउने महान् अभियान लगायतका महत्वपूर्ण कार्यमा क्रमिक रुपमा उपलब्धी हासिल भइरहेको स्पष्ट देखिन्छ । संघियताको कार्यान्वयन सँगै युवाहरुको माग सुनुवाईको क्रममा रहेको छ ।

स्थापना दिवशलाई भव्य र सव्य रुपमा सम्पन्न गराउन दुवै संगठनले आ–आफ्ने उप समिति परिचालन कमिटी समेत गठन गर्ने भएको छ । जसमा युवा संघले आजै पाँच वटा कमिटी समेत निर्माण गरेको छ । जसमा मुल व्यवस्थापन समितिको संयोजक वरिष्ठ उपाध्यक्ष किरण पौडेलको नेतृत्वमा गोविन्द थापा, क्रानित वुर्लाकोटी, हस्तवहादुर शाही, प्रभात विक्रम कटुवाल, पर्शुराम बस्नेत रहेका छन् । जनपरिचालन हस्त शाही, बचन बहादुर सिंह, रोशन बस्नेत, प्रकाश गौतम, सिंगो प्रेदेश नं ३, उपत्यकामा रहेका सवै केन्दीय सदस्य सवै, ३ नंं प्रदेशमा रहेको सवै जिल्ला कमिटीका सवै तथा क्षेत्र र नगरका अध्यक्ष रहेका छन् । आर्थिक समितिमा संघका गोवन्द थापा र अमित लामा रहेका छन् । हल तथा कार्यक्रम स्थल व्यवस्थापनमा प्रभाव विक्रम कटुवाल, क्षितिज थेवे, अशोक चौलागाई रहेका छन् । यातायातमा पर्शुराम बस्नेत, राजेश शाह र निरेशलाल सिंह रहेका छन् । अतिथि सत्कारमा क्रान्ति वुर्लाकोटी, अञ्जना अधिकारी, सांस्कृतिकमा उर्मिला सुनुवार र राजन थापा रहेका छन् । पार्टी प्रवेश व्यवस्थापकमा नरेश शाही, अनुगमनमा माधव बास्तोला रहेका छन् । वाइसिएल नेपालले पनि सोही अनुसार गर्ने भएको छ ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा गर्दै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थक तुल्याउन दुवै संगठनले स्थापना दिवशको सँगसँगै देशव्यापी जानगरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेको बताइएको छ । संगठनको एकताले पूर्णता पाउनासाथ देशभर सरकारको विरुद्धमा गरिएको गलत हल्लालाई चिर्दै सत्य, तथ्य र वास्तविकतालाई जनताको माझमा पुर्याउन संगठनले गाउँ गाउँ वस्ती वस्तीमा जनता जगाउने अभियान गर्ने तयारी गरिरहेको बताइएको छ ।

नयाँ सोच र विचारका साथ संगठनको एकतासँगै आन्तरिक रुपमा रहेका समस्या समेत हल भएर जाने बताउँदै देशको विकास र समृद्धिमा युवाहरु परिचालित हुने समेत बताइएको छ । जनताको तिव्र विकासको चाहनालाई पुरा गराउन सरकारलाई सवैको साथ र सहयोग रहेको बताउँदै आम नेपाली युवाहरुले हातमा हात काँधमा काँध मिलाई एक ढिक्का भई अघि बढ्नुको कुनै विकल्प नभएकाले तत्काल संगठनको एकतालाई पूर्णता दिन समेत माग गरेका छन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य, पूर्वपरराष्टमन्त्री तथा युवा संघका इन्चार्ज महेन्द्र बहादुर पाण्डेले युवाहरुले आगामी दिनमा देशको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने भएकाले नयाँ सोच, नयाँ विचार तथा नविनतम प्रविधिका आधारमा अडिक रही देश र जनताको पक्षमा अहोरात्र लाग्न निर्देशन दिएका छन् । उनले स्थापना दिवशको अवसरमा कुनै विशेष नयाँ प्रकारको योजना ल्याई जनतामाझ जान समेत निर्देशन दिए । एक युवा एक रोजगार अनिवार्य हुनुपर्ने बताउँदै उनले नेतृत्वले जिम्मेवारी प्रदान गरे आम नेपाली युवाहरुले जस्तोसुकै नेतृत्व लिई सफलतापूर्व जिम्मेवारी बहन गर्न योग्य रहेकाले नेतृत्वको सवालमा विशेष ध्यान दिन आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले दुई संगठन एक भई अघि बढ्नलाई आफ्नो कुनै पनि स्वार्थलाई त्यागी आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै अघि बढ्नुको कुनै विकल्प नभएको बताए ।

कार्यक्रममा युवा संघका वरिष्ठ उपाध्यक्ष किरण पौडेलले युवा संघले विगतदेखि हालसम्म राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको पक्षमा देशभर गरिएका प्रगतिशील कार्यहरुको जानकारी गराए । उनले विगत चैतमा गएको विनाशकारी हावाहुरीका कारण बारा र पर्सामा भएको विपत्तिलाई युवा संघ तथा वाइसिएले संयुक्त रुपमा जनताको दुखेको खाउमा मलहम लगाउने काम गरेको बताउँदै हिमाल, पहाड तराई कोही छैन पराई भन्ने मान्यतालाई संघले नेतृत्वदायी भूमिका निर्वाह गरेको र आगामी दिनमा समेत संघ नेपाली जनताको पक्षमा रही रहने प्रतिवद्धता जनाए ।

कार्यक्रममा युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सरकारले ल्याएको सुखी नेपाली समृद्ध नेपालको अभियानलाई सफल बनाउन युवाहरु जस्तोसुकै बलिदानी गर्न तयार रहेको बताए । उनले केही प्रतिकृयावादी तत्व, अराजक तत्व, केही विग मिडिया लागयतकाहरु सरकारलाई असफल बनाउन अहोरात्र खटिरहेको बताउँदै देशको विकास र समृद्धिलाई असफल बनाउने तत्वहरुलाई युवा संघले सहजै रुपमा परास्त गर्ने बताए ।

केहीले आन्दोलनको नाममा हत्या, हिंसा, चन्दा, आतंक, तोडफोड लगायतका गरिरहेको बताउँदै उनले लोकतान्त्रीक पद्धति विरुद्धमा भइरहेको गतिविधि युवाहरुको लागि सह्य नहुने बताए । उनले वर्तमान समयमा आतंककारी गतिविधि अनावश्यक रहेको बताउँदै कुनै पनि माग र आवश्यकता लोकतान्त्रीक विधि र पद्धतिको आधारमा गर्नुपर्नेमा जोड दिए ।

उनले एक तर्फ आतंककारी गतिविधि तथा अर्को तर्फ जनताको बलिदानीबाट हटाइएको राजतन्त्र तथा हिन्दु राज्यको अनावश्यक माग राखी जनतालाई भ्रम फैलाउने काम गरिरहेको बताउँदै हजारौं जनताको बलिदानीबाट प्राप्त अधिकारलाई कुण्ठित पार्ने प्रयास गर्ने अराजक तत्वलाई एकता पछिको युवा शक्तिले ठेगान लगाउने समेत चेतावनी दिए ।

त्यस्तै सरकारले गरेको राम्रो कामलाई समेत गिद्धे नजर लगाई प्रतिपक्षिदलले नकरात्मक हल्ला मात्र फैलाउने गरेको बताउँदै अध्यक्ष पौडेलले सत्य, तथ्य र वास्तविकतालाई जनताले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको बताए । उनले केही राजनीतिक दलले सरकाले विकासको भेल नै सिर्जना गरेको देखी टाउको दुख्ने गरेको बताउँदै आगामी निर्वाचनको लागि राजनीतिक विराशत थाम्नलाई आँखा चिम्लीएर विरोध गरिरहेको बताए । उनले हिम्मत भए विकास र समृद्धिको विरोधिले राम्रो काम गरेर जनताको मन जित्न समेत चेतावनी दिएका छन् ।

युवाहरुको स्थापना दिवश जेष्ठ १ गते राष्ट्रिय सभागृह काठमाडौँमा हुने भएको छ । दिवशमा प्रमुख अतिथिका रुपमा युवा संघका संस्थापक अध्यक्ष, वर्तमान नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हुने भएका छन् भने विशेष अतिथिका रुपमा अखिल नेपाल युवा संगठनका संस्थापक अध्यक्ष, वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल हुने भएका छन् ।