काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणलाई लिएर सिंगो पार्टी विरुद्ध भ्रम फैलाउने काम भएको बताएका छन् ।


ADVERTISEMENT


नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जग्गा मुछिएका नेकपा महासचिव विष्णु पौडेलले पदीय दुरुपयोग नगरेको दाबी गर्दै उनको बचाउ गरे ।


ADVERTISEMENT

# # #


‘२०६१ सालमा राजाको शासनका बेला जमिन किन्नुभएको रहेछ,’ उनले भने, ‘हडपेको नभई धेरैले किनबेच गरिसकेपछि थाहा नपाएर किनेको हो । त्यस सम्बन्धमा अहिले मैले केही भनिहाल्नु आवश्यक छैन ।’

पौडेलले किनेको जग्गा सार्वजनिक जग्गाभित्र पर्छ कि पर्दैन ? जालझेलभित्र पर्छ कि पर्दैन ? हडपेको हो कि होइन सबै तथ्यसहित प्रस्तुत हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध सरकार अझै कडा रुपले प्रस्तुत हुने बताए । वाईड वडी प्रकरणलगायत भ्रष्टाचारका काण्डहरुको सरकारले छानविन गर्ने र दोषीलाई अनुहार नहेरी कारवाही गर्ने उनले बताए । सरकारी र सार्वजनिक जग्गा हडपन नदिने अभियानमा लागेको सरकारले खुला मञ्चको टहरा भत्काएको उनले उदाहरण दिए ।