सिरहा – लागु औषधसहित लहानमा २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी गस्ती टोलीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


प्रहरीको टोलीले लहान नगरपालिका वडा नं. १९ गाढा चौकको आँप बगैँचामा लहान नगरपालिका वडा नं. ३ बस्ने २६ वर्षीय प्रविण कुमार यादवले चलाएको स ७ प ९३९१ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ६५८ एम्पुल लागु‍औषध बरामद गरेको हो ।


ADVERTISEMENT

# # #


मोटरसाइकलको पछाडी सवार लहान नगरपालिका वडा नं. ८ बस्ने २९ वर्षीय अर्जुन कुमार महतोले बोकेको ५ लिटरको प्लाष्टिकको ग्यालिन भित्र उक्त लाग औषध रहेको प्रहरी जनाएको छ । जसमा २०० एम्पुल फेनार्गन, २३८ एम्पुल डायजिल्याव र २२० एम्पुल नोर्फिन रहेको थियो।

पक्राउ परेका दुवै जनाको साथबाट मोटरसाइकलसहित तीन थान मोवाइल समेत बरामद गरिएको छ। यादव र महतोलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखिएको र जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए।