-बिन्दु अधिकारी ढकाल


ADVERTISEMENT


हेर,
हेर्दा हेर्दै समय
गयो खेर
हिजो जस्तै आज
अस्ति पनि भयो त्यस्तै ।
तर अब
आजको जोहो
सेकेण्ड सेकेण्ड जुट्नुछ ।
पञ्जा खोलेर
तरबार बोकेर…


ADVERTISEMENT

# # #


आफैले न छेके
आफैले न छोपे
आफैले न रोपे
पाइदैन कर्मको फल ।
गाउँदेखि शहर
देश बाहिर परदेश
टोल/छिमेक
जहाँ जाऊ जता पुगूँ
चर्चा समय कै…

भाग्य चम्काउने/भाग्य रमाउने
जहाँ/जता बलवान ऊ
आउँछ फुत्त
र जादाँ पनि उसैगरी भाग्छ लुसुक्क ।
हिड्ंदा हिंड्दा
कपालको रंग पाक्छ
सेताम्मे दारीजुंगा
बूढो अर्धमूर्छित शरीर थाक्दा
तर थाक्दैन समय
पलपल एकदिन हार्छ मान्छे
तर हार्दैन समय ।।

ठेगानाः धनकुटा, हाल कोटेश्वर-३२, काठमाडौं